काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार बजार ३.३४ अंकले घटेर २०६३ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन गुर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, गुराँस लघुवित्तको ९.९४ प्रतिशत, धौलागिरी लघुवित्तको ९.२८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० चैत ७ बुधवार १५:११ मा प्रकाशित