काठमाडौं । आज चैत १४ गते सेयर बजारमा गिरावट आएको छ । बुधबार बजार १०.८३ अंकले घटेर २०३० को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ७२ लाख २२ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको ८ करोड ३२ लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सोनापुर मिनरल्सको ७ करोड ३३ लाख ५६ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ७ करोड १० लाख ४७ हजार रुपैयाँ र गुर्खाज फाइनान्सको ५ करोड ९० लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० चैत १४ बुधवार १५:०६ मा प्रकाशित