back
NMB Ad
Ncell Banner Ad

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

Royal Enfield Inside Page Banner

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको बताउनुभयो । “हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “भोलिसम्म मौसम बदली भइरहन्छ भने आइतबारदेखि सुधार हुनेछ ।”

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भएकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर वीरगञ्जमा मनाइयो छठ   

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर वीरगञ्जमा मनाइयो छठ   

वि.सं.२०८१ कात्तिक २२ बिहीवार २०:०६

वीरगञ्ज (पर्सा),२२ कात्तिकः अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व...

पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान   

पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान   

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १९:५४

काठमाडौँ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक...

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध, यस्ता छन् विशेषता

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध, यस्ता छन् विशेषता

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १९:४९

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले...

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना   

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना   

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:५४

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले...

भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ   

भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ   

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:३५

भक्तपुर : सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यसवर्ष पनि...

सातै प्रदेशका स्टार्टअपहरुको सहभागितामा दुई दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४’ आयोजना हुदै

सातै प्रदेशका स्टार्टअपहरुको सहभागितामा दुई दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४’ आयोजना हुदै

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:२८

काठमाडौं । देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप...