काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको छ ।
कम्पनीको पुस २४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
सोही बोनस सेयर पुस ११ गतेसम्म सेयर डिम्याट गराएकाहरुको खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने कम्पनीले बताएको छ ।
वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४ मा प्रकाशित