काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । उक्त दिन सुन प्रतितोला २१ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५२५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७ मा प्रकाशित