back
NMB Ad

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) ले यही चैत्र १६ गते काठमाडौंको होटल बाराहीमा आफ्नो १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यस कार्यक्रम इटाली र नेपालबीच बलियो व्यवसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा महत्वपूर्ण कदम सावित भएको छ ।

उक्त कार्यक्रममा, प्रमुख अतिथिको रुपमा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री माननीय रेखा शर्माको साथ अन्य विशिष्ट अतिथिहरुको साथै दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिष्ठित व्यक्तित्वहरूको पनि यस कार्यक्रममा उपस्थिति रहेको थियो । त्यसै गरी, नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, र इटालीका लागि नेपालका महावाणिज्य दुत श्रीमती प्रतिमा राणा पाण्डे लगायत एनआईसीसीआईका अन्य प्रमुख व्यक्तित्वहरूलाई चेम्बरको उद्देश्यप्रति उहाँहरुको अटल प्रतिबद्धताको लागि यस सभामा सम्मान गरिएको थियो ।

कार्यक्रममा माननीय रेखा शर्माद्धारा “एनआईसीसीआई डाइरेक्टरी” को अनावरण भएको थियो, जुन चेम्बर अन्तर्गत भएका विकास र परिष्कृत संयोजकतालाई झल्काउँछ । उक्त अवसरमा द्विपक्षीय व्यापार सम्बन्धको विकासमा अमूल्य योगदान गर्ने सम्मानित अतिथिहरु लाई कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।

साथै, सभामञ्चमा नवनियुक्त सदस्यहरूलाई स्वागत र सम्मान गर्नुका साथै एनआईसीसीआईको नेपाल र इटालीबीचको व्यापार र लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यप्रति उहाँहरुको समर्पणको प्रमाणको रुपमा सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।

राजेश काजी श्रेष्ठ, श्रीमती प्रतिमा पाण्डे र माननीय रेखा शर्मा लगायत विशिष्ट वक्ताहरूले एनआईसीसीआईले विगत वर्षमा हासिल गरेका उपलब्धिहरू बारे छलफल गर्नु भएको थियो । उक्त छलफलमा नेपाल र इटालीबीच आर्थिक वृद्धि र फलदायी साझेदारीलाई अझ वृद्धि गर्ने चेम्बरको अटुट प्रयासलाई जोड दिइएको थियो ।

आफ्नो समापन मन्तव्यमा, एनआईसीसीआईका अध्यक्ष श्री सञ्जय अग्रवालले सबै सदस्यहरूलाई उहाँहरूले गर्नुृभएको अटल सहयोग र समर्पणको लागि आभार व्यक्त गर्नु भएको थियो । उहाँले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्ध र आर्थिक विकासलाई उत्प्रेरित गर्ने एनआईसीसीआईको अटल प्रतिबद्धता रहीरहने बताएका छन् ।

एनआईसीसीआई, आफ्नो १० औं वार्षिक साधारणसभाको सफलता पछि, व्यापार र लगानीका अवसरहरूलाई सहजीकरण गर्ने आफ्नो लक्ष्यमा अझ बढी अडिग र समर्पित छ । चेम्बर द्विपक्षीय सम्बन्धलाई थप बलियो पार्न र दुवै देशको आर्थिक समृद्धिमा सहयोग पु¥याउन नयाँ पहल थाल्ने तयारीमा रहेको छ ।

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१ मा प्रकाशित

You can share this post!

‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन   

‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन   

वि.सं.२०८१ चैत ३ सोमवार २०:५४

काठमाडौँ : वाणिज्य बैङ्क तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले आफ्नो संस्थागत...

ग्लोबल मनी विक – २०२५: वित्तीय साक्षरता अभियान आजदेखि सुरु

ग्लोबल मनी विक – २०२५: वित्तीय साक्षरता अभियान आजदेखि सुरु

वि.सं.२०८१ चैत ३ सोमवार १७:४८

काठमाडौं।  आजदेखि ‘ग्लोबल मनी विक – २०२५’ अभियान सुरू भएको...

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

वि.सं.२०८१ चैत ३ सोमवार १७:३५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्री...

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलद्वारा जिम्मेवारी हस्तान्तरण

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलद्वारा जिम्मेवारी हस्तान्तरण

वि.सं.२०८१ चैत ३ सोमवार १७:२५

काठमाडौं। नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम...

 मनाङबाट ४६ विद्यार्थीले एसइई दिने   

 मनाङबाट ४६ विद्यार्थीले एसइई दिने   

वि.सं.२०८१ चैत ३ सोमवार १७:०६

मनाङ : मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने...

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोली बाँडफाँड हुने, आईपीओ हात पार्न भाग्यकै भर

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोली बाँडफाँड हुने, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८१ चैत ३ सोमवार १६:४३

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोली मंगलबार बाँडफाँड...