काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । उक्त दिन सुन प्रतितोला १ हजार ६०० रुपैंयाले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि १० रुपैंयाले बढेर प्रतितोला १ हजार ५३५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०८० चैत १९ सोमवार ११:४३ मा प्रकाशित