back
NMB Ad

हुण्डी कारोबार गरेको आरोपमा दुईजना पक्राउ   

Royal Enfield Inside Page Banner

बरहथवा (सर्लाही), १९ चैतः प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले रु २७ लाख ७५ हजार नौ सय ७० सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका–७, घरभई मलङ्गवा नगरपालिका–९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् ।

प्रहरीका अनुसार मलङ्गवा नगरपालिका–९ बाट रु १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा रु नौ लाख ९० हजार जम्मा गर्ने दुईवटा भौचरसहित उनीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको रु १७ लाख ७५ हजार नौ सय ७० बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा रु एक हजार दरका एक हजार चार सय ५४ थान, रु पाँच सय दरका छ सय २२ थान, रु एक सय दरका एक सय नौ थान, रु ५० को एक थान र रु २० को एक थान नेपाली नोट बरामद गरेको हो ।

पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिनुभयो ।

दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उहाँको भनाइ छ । उनीहरुलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहानमात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।

वि.सं.२०८० चैत १९ सोमवार १२:३६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति   

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:२४

खोटाङ : विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रू...

अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन   

अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:१४

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी...

पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात सुरु   

पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात सुरु   

वि.सं.२०८१ फागुन ५ सोमवार १२:५१

बागमती : भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात...

युक्रेनमा ट्रम्पको कुटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट   

युक्रेनमा ट्रम्पको कुटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट   

वि.सं.२०८१ फागुन ५ सोमवार १२:४१

पेरिस :  फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी...

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

वि.सं.२०८१ फागुन ५ सोमवार १२:३२

काठमाडौं । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित...

अस्पतालबाट आजै डिस्चार्ज हुँदै अर्थमन्त्री पौडेल, मेयर आचार्य केही दिन उपचारमा रहने

अस्पतालबाट आजै डिस्चार्ज हुँदै अर्थमन्त्री पौडेल, मेयर आचार्य केही दिन उपचारमा रहने

वि.सं.२०८१ फागुन ५ सोमवार १२:००

काठमाडौं । : पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते...