back
NMB Ad
Ncell Banner Ad

पर्यटकीय क्षेत्र अर्नाकोट पुग्ने सडक १६ वर्षपछि स्तरोन्नति हुँदै   

Royal Enfield Inside Page Banner

ढोरपाटन (बागलुङ), १९ चैत : पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्ष पूरा भयो । विसं २०६४ मा बुर्तिबाङ बजारदेखि मस्ती हुँदै अर्नाकोट जोडिएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले सो सडक स्तरोन्नति गर्न थालेको छ ।

निसीखोला गाउँपालिका–२ र ढोरपाटन नगरपालिका–५ मा पर्ने अर्नाकोट उच्च पहाडी क्षेत्रमा पर्छ । ढोरपाटनको केन्द्र बुर्तिबाङ बजारदेखि करिब सात किलोमिटर दक्षिण पश्चिममा पर्ने अर्नाकोटसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्नका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ ।

पूर्वाधार विकास कार्यालय बागलुङमार्फत सडक स्तरोन्नतिको काम हुन थालेको हो । उक्त सडक निर्माणका लागि भगवती मालिका कन्स्ट्रक्सन म्याग्दीले जिम्मा पाएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर मनिष भण्डारीले जानकारी दिनुभयो ।

यस वर्ष करिब पाँच किमी सडक स्तरोन्नति हुने उहाँको भनाइ छ । सडकको सलामकोट–मस्ती–अर्नाकोट क्षेत्रमा ग्राभेलिङ, सडक चौडा गर्ने र नाली निर्माण गरिने भण्डारीले बताउनुभयो । रु ८६ लाख बजेट लागत अनुमान गरे पनि निर्माण कम्पनीले रु ६३ लाख २८ हजार नौ सय २० मा सम्झौता गरेको मनिष भण्डारी बताउनुहुन्छ ।

इञ्जिनियर भण्डारीले भन्नुभयो, “कार्यालयले ठेक्का प्रक्रिया अगाडि बढाएर सम्झौता पनि गरेको छ, अब केही दिनमा निर्माण कम्पनी ‘फिल्ड’मा पुगेर काम गर्ने छ, यस वर्ष बजेट निकै कम छ, त्यसले गर्दा धेरै काम गर्न सकिने स्थिति छैन, निर्माण कम्पनीले आगामी असार मसान्तसम्म काम सक्नुपर्नेछ, सडकको एक ठाउँमा ह्युमपाइप राख्नुपर्नेछ, केही ठाउँमा ग्याविनसहितको पर्खाल, नाली निर्माण र केही भागमा ग्राभेलिङ गरिनेछ ।”

ढोरपाटन–५ का स्थानीय मीनबहादुर विकले वर्षौं बित्दा पनि सडक स्तरोन्नति नहुँदा यहाँका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताउनुभयो । सडक अप्ठ्यारो हुँदा गाउँमा उत्पादन भएका तरकारी बुर्तिबाङ बजार पु¥याउन निकै कठिन हुने गरेको उहाँको भनाइ छ । सडक खुलाएको २० वर्ष हुन लाग्दा पनि स्तरोन्नति नहुनु दुःखद् भएको विक बताउनुहुन्छ । यस वर्ष स्तरोन्नति गर्ने भनिए पनि पूरै सडकको स्तरोन्नति नहुने उहाँको भनाइ छ ।

बागलुङ क्षेत्र नं २ (ख) का प्रदेशसभा सयस्य दोर्णकुमार कुँवरले विसं २०६४ मा निकै दुःखका साथ सडक खुलाएको जनाउँदै यस वर्ष बल्ल स्तरोन्नतिका लागि थोरै भए पनि बजेट व्यवस्थापन भएको बताउनुभयो । खासगरी टाढा गाउँका नागरिकलाई बजारसँग जोड्न र पर्यटकीय क्षेत्र अर्नाकोटमा पर्यटक आगमनलाई बढाउनका लागि सो सडक खुलाइएको उहाँको भनाइ छ ।

सो सडकले यस क्षेत्रका हजारौँ नागरिकको जीवनस्तर परिर्वतनमा ठूलो भूमिका खेलेको सुनाउँदै अब केही वर्षमै बुर्तिबाङदेखि अर्नाकोटसम्म स्तरोन्नति गर्ने कुँवरले बताउनुभयो । “सडकले अर्नाकोट नजोडिँदा दैनिक उपभोग्य सामान ल्याउन बुर्तिबाङ बजार झनुपर्ने स्थिति थियो, स्थानीयले बोकेरै सामान ओसारपसार गर्थे, बजारमा पुग्नै तीन/चार घण्टा लाग्थ्यो, अहिले कच्ची भए पनि सडक गाउँसम्म पुगेको छ”, कुँवरले भन्नुभयो, “सडकले सहजता प्रदान त गर्ने नै भयो, कहिलेकाहीँ अप्ठ्यारो सडकका कारण दुर्घटनासमेत हुने गरेको छ, अब यस वर्ष थोरै बजेट विनियोजन भयो, यसले स्तरोन्नतिको थालनी हुनेछ, आगामी वर्षदेखि बढी बजेट व्यवस्थापन गरेर काम सक्नुपर्नेछ ।”

वि.सं.२०८० चैत १९ सोमवार १२:४५ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
यस्तो छ आजको मौसम पूर्वानुमान   

यस्तो छ आजको मौसम पूर्वानुमान   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:४४

काठमाडौँ : हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय...

४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा   

४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:४१

म्याग्दी : राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको...

डेडिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन   

डेडिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:३६

काठमाडौँ : विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महशुल...

अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए   

अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:३१

कमल खत्री म्याग्दी (बेनी), १५ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा...

कात्तिक कृष्ण औँसीः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती   

कात्तिक कृष्ण औँसीः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:२६

काठमाडौँ : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ...

कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार   

कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:२१

काठमाडौँ : नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज...