back
NMB ad

कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिहरुलाई वित्तिय साक्षरता प्रदान

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँं संस्करणमा प्रभावकारि तरिकाले सहभागिता जनाएको छ । वित्तिय साक्षरताको अभावमा अनौपचारिक वित्तिय संयन्त्रका विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्दै वित्तिय कलामा सुधार ल्याई अब्बल वित्तिय मनोबृद्धि प्रर्वद्धन मार्फत कुसल वित्तिय ब्यवहार विकासलाई प्रमुख लक्ष्यका रुपमा लिदै निम्न लिखित क्रियाकलापहरु सञ्चालनमा ल्याइएको थियो ।

१. वित्तिय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन
२. वित्तिय साक्षरता तथा आचरण प्रर्वद्धनका लागि कर्मचारीहरुको प्रतिवद्धता कार्यक्रम सञ्चालन ।
३. देशै भरि वित्तिय साक्षरताका आधारस्तम्भहरुको प्रशिक्षण सञ्चालन ।
४. वित्तिय साक्षरता तथा आचरण विकासका लागि सहभागिहरुलाई सपथ कार्यक्रम सञ्चालन ।
५. बैंकको सामाजिक संजाल मार्फत वित्तिय साक्षरता सम्बन्धि क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण ।
६. देशै भरि वर्षै भरी वित्तीय साक्षरता प्रर्वद्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरुको अभिनय सहितको भिडीयो श्रृंखला तथा सामाजिक विषय बस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक ।

सबैका लागि सधैका लागि आधुनिक बैंकिङ सेवा प्रवाहमा अनवरत आफूलाई अग्रपक्तीमा उभ्याउन सफल कुमारी बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ वटा वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको थियो । जसमा ५४ सय भन्दा बढि विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका थिए । कुमारी बैंकद्वारा अभियान अबधिभरमा कार्यान्वयनमा ल्याइएका समाग्रीहरु तथा सञ्चालन गरिएका विषय केन्द्रित क्रियाकलापहरुले ग्लोबल मनी विकको १२ औं संस्करणलाई जिबन्तता प्रदान गर्न सफल भएको देखिन्छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०८० चैत १९ सोमवार १३:४८ मा प्रकाशित

You can share this post!

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...