back
NMB ad

पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्याइयो

Kumari bank ad

दैलेख, १९ चैत : दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्‍याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् ।

पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्ता हुँदै ल्याइएका उपकरण दैलेख पुग्नासाथ चौबिसै घण्टा काम अगाडि बढाइने बताइएको छ । ठूला ट्रकहरुका लागि भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन् । रोकिएका ट्रक पास गर्न सडकको मोड व्यवस्थापन गर्ने कार्य तीव्र पारिएको छ ।

भारतको रुपैडिया नाकाबाट करिब एक सय ५० बढी ट्रक दैलेखका लागि हिँडिसकेको जनाइएको छ । अगाडि आएका सामान अनलोड गर्दै धमाधम जडानको काम सुरु गरिएको छ । सुरक्षा व्यवस्थालगायतका अन्य कामका बारेमा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आयोजनास्थलको अनुगमन गर्नुभएको छ ।

कामले तीव्रता लिएको र तोकिएकै समयमा कामसक्नेगरी सबै सुरक्षा व्यवस्थाका काम सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो । स्थानीयले जग्गा प्रदान गर्ने बेलादेखि नै रोजगारी दिनुपर्ने, समस्या परेका घरहरुलाई थप सहयोग गर्नुपर्नेलगायतका माग सम्बोधनको चरणमा रहेको र पेट्रोलियम पदार्थको प्रशोधन दैलेखमै हुनुपर्ने दैलेखका बासिन्दाको माग रहेको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

आइतबारदेखि नै स्थानीय ११ युवा रोजगारी पाएसँगै काममा लागेका छन् । भैरवी–१ जलजलेका स्थानीय जनक थापासहित ११ जना काममा लागेका छन् । आफूहरुले स्थानीयस्तरमै रोजगारी पाए भारत नजाने थापाले बताउनुभयो । नेपाल सरकार र चीन सरकारसँग भएको ‘जिटुजी’ सम्झौताअनुसार सुरु गरिएको पेट्रोलियम अन्वेषणको नतिजा सकारात्मक आए नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले बताउनुभयो ।

अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर जमिन मुनिसम्म ‘ड्रिलिङ’ गरिनेछ । ड्रिलिङपश्चात् पेट्रोलियम पदार्थ र ग्यास भण्डारण कति छ भन्ने पत्ता लाग्नेबित्तिकै अर्को प्रक्रियामा जाने तयारी हुने खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिनुभयो ।

वि.सं.२०८० चैत १९ सोमवार १४:४१ मा प्रकाशित

You can share this post!

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:५०

बुटवल । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय...

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:४२

काठमाडौँ, २७ वैशाख: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले...

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:१६

सानेबहादुर नेपाली तनहुँ २७ वैशाखः जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा...

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस   

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:०९

काठमाडौँ, २७ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय...

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार   

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार   

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:५०

नेपालगञ्ज, २७ वैशाखः बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागुऔषध कारोबारी...

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने   

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने   

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:३९

काठमाडौँ : दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप...