back
NMB Ad
Ncell Banner Ad

नेपालले दियो आयरल्यान्डलाई २१४ रनको चुनौती   

काठमाडौँ, १९ चैत : आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम टि–ट्वान्टी खेलमा आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल बनायो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ४८ बल खेल्दै सात चौका र छ छक्काको सहयोगमा अविजित ९३ रनको योगदान गरेका हुन् । त्यसैगरी रासिद खानले २४ रन बनाउँदा पवन शर्राफले १३ रन जोडे । बसिर अहमदले १९ रन बनाए भने कप्तान विनोद भण्डारी ११ रनमा आउट भए । त्यस्तै लोकेश बमले आठ रन जोड्दा देव खनालले ६ रनमा आउट भए ।

बलिङतर्फ आयरल्यान्ड ए का फिन ह्यान्डले दुई विकेट लिए भने लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान एक÷एक विकेट लिए । अहिले आयरल्यान्ड ए जवाफी ब्याटिङमा उत्रेको छ ।

वि.सं.२०८० चैत १९ सोमवार १५:३२ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

वि.सं.२०८१ असोज २९ मंगलवार १४:२२

वासिङ्टन, २९ असोज : आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था...

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १३:५१

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको...

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:३१

केप क्यानाभरल, २८ असोज  के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न...

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१९

डा शेरबहादुर पुन    बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी...

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१०

मान्म : यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता...

एक जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ असोज २९ मंगलवार ११:१२

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज...