back
NMB ad

ताइवानमा भूकम्पमा परी नौ जनाको मृत्यु, करिब ९०० जना घाइते   

Kumari bank ad

न्यू ताइपेइ सिटी, ताइवान, २१ चैत 
ताइवानमा गएकोे २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पका कारण बुधबार साँझसम्म कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ९०० जनाभन्दा बढी घाइते भएका छन् ।

करिब दुई करोड ३० लाख जनसङ्ख्या रहेको ताइवान क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको थियो भने यसको असर छिमेकी मुलुकहरू चीन, जापान र फिलिपिन्सलगायतमा परेको थियो ।

केन्द्रबिन्दु पूर्वी हुआलियन काउन्टीमा रहेको भूकम्पपछि उक्त क्षेत्रमा १०० भन्दा बढी पराकम्प गएका बताइएको छ ।

हुवालिन ताइवानको एक पहाडी क्षेत्र हो र यो सुरम्य ग्रामिण इलाकामा रहेका गोरेटो, चक्रेटो र कच्ची सडक यात्रा गरी समुद्री दृश्यहरूको आनन्द लिनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइको ठाउँ हो ।

समाचार तयार पार्दासम्म भूकम्पमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने तीमध्ये तीन जनाको ‘हाइकिङ ट्रेल’ मा मृत्यु भएको थियो भने दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो । ताइवानभर भूकम्पका कारण ९०० भन्दा बढी घाइते भएका छन् ।

एक रेल यात्रीले खिचेको तस्बिरमा हुलियान ट्रेल नजिकै ठूलो पहिरो खसेको देखिएको छ । एक जना चालकले यस क्षेत्रको प्रसिद्ध तारोको राष्ट्रिय निकुञ्ज नजिकैको सडकमा अर्को पहिरो खसेको भिडियो सार्वजनिक गरेका छन् ।

हुलियान वरपरका केही भवनहरू खतरनाक तरिकाले झुकेका छन् भने सेनाका जवानहरू सिँढीप्रयोग गरेर संरचनाहरूमा चढेका स्थानीइ टेलीभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्वीरमा देख्न सकिन्छ ।

–प्रत्यक्षदर्शीको अनुभव–    

बुधबार तासको घरजस्तै भत्किएको एक गोदामको भग्नावशेषबाट उद्धारकर्मीहरूले सावधानीपूर्वक उद्धार जारी राख्दा टुलुटुलु हेरेर बसिरहेका प्रत्यक्षदर्शी लिउले एएफपीसँग भन्नुभयो, “भूकम्पपछि यो घर पहाड ढलेजस्तै ढल्यो ।

राजधानीबाहिर रहेको लिउको न्यू ताइपेइ शहरमा भत्किएको भवनबाट उद्धारकर्मीले ५० जनालाई उद्धार गर्न सफल भएका थिए । उक्त भवन करिब ६० वर्ष पुरानो भएको र त्यहाँ छापाखाना रहेको नजिकै बस्ने लिउले बताए ।

स्थानीय समयअनुसार बिहान ८ :०० बजे गएको ७.४ म्याग्निच्यूडको भूकम्पले भवनलाई कंक्रिटको ब्लक, स्टिलबार, इँटा र तारहरूको अस्तव्यस्त थुप्रो (भग्नावशेष) मा परिणत गरेको थियो ।

वरपरका भवनका बासिन्दाहरू भने कुनै असर नपरेको जस्तो देखिए तापनि उनीहरूले बिहानको भूकम्पले सातो लिएको बताए ।

प्रिन्टिङ प्रेस नजिकै बस्ने चाङले भन्नुभयो, “घरका धेरै सजावट भुइँमा खसेका थिए, तर मानिसहरू सुरक्षित थिए । “हामी धेरै भाग्यशाली थियौं भन्नुपर्ला,” उहाँले बताउनुभयो ।

अग्निनियन्त्रकहरूको एक समूहले ‘चेरी पिकर’को प्रयोग गरेर झ्यालबाट हाते औजारहरू भित्रका कामदारहरूसम्म पु¥याएपछि उनीहरूले झ्याल तथा ढोका फोडेर बाहिर निस्किएका थिए ।

ताइवानको दोस्रो ठूलो शहर ताइचुङको पश्चिमी तटमा पहिरोका कारण एउटा सडक अवरुद्ध भएको छ भने पहाडबाट ठूला ठूला ढुङ्गा खसेका छन् र यातायात अवरुद्ध भएको छ ।
–ताइवानभरि नै शक्तिशाली धक्का महसुस’

ताइपेइस्थित मौसम प्रशासन तथा भुकम्प मापन केन्द्रका निर्देशक वु चिएन–फूका अनुसार भूकम्पको धक्का ताइवानभरि नै महसुस गरिएको थियो । भूकम्पको महशुस मुख्यभूमि चीन, जापान, फिलिपिन्स र अन्य छिमेकी मुलुकमा समेत गरिएको थियो भने ती मुलुक र स्थानहरूमा सुनामी आउनसक्ने प्रारम्भिक चेतावनी ती मुलुकका मौसम पूर्वानुमान निकायले गरेका थिए ।

“सन् १९ को भूकम्पपछिको यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो,’ चिएन–फूले भन्नुभयो । अधिकारीहरूले आगामी तीन दिनमा भूकम्पको धक्का आउने सम्भावना रहेको बताएका छन् ।

सन् १९९९ मा मध्य ताइवानमा गएको भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

ताइवानको रक्षा मन्त्रालयले दर्जनौँ उद्धारकर्तासहित कार्गो विमानहरू हुलियानमा पठाएको बताएको छ, जहाँ मानिसहरू पहाडमा कोरिएका मार्गहरूमा फसेका छन् ।

–जोखिम र सतर्कता–    

भूकम्पको दृष्टिकोणले हेर्दा यो टापु दुई टेक्टोनिक प्लेट (दुई विवर्तनिक चट्टानको) सङ्गमनजिक अवस्थित छ र यहाँ सधैँ भूकम्पको जोखिम महशुस गरिन्छ ।

ताइवानको राजधानी ताइपेइमा ठूला ठूला भवनहरू बनाइएकाभएपनि शक्तिशाली भूकम्प सहन सक्ने गरी बनाइएका छन् । तरपनि मानिसहरू १० तल्लाभन्दा कम अग्ला संरचनाहरूमा बस्न रुचाउँछन् ।

न्यू ताइपेइ शहरका नगरप्रमुख होउ यु–इहले उद्धारकर्मीसँग प्रिन्टिङ प्रेस भत्किएको स्थलको सर्वेक्षण गर्नुका साथै भवनमा रहेका सबै ५७ जना बाहिर निस्केको र एक जना मात्र घाइते भएको सञ्चारमाध्यमसँगको संक्षिप्त कुराकानीमा बताउनुभयो ।

भत्किएको ठूलो भवन नजिकै बस्ने चाङले सन् १९९९ को भूकम्प आफूले भोगेको सबैभन्दा खराब भूकम्प भएको बताउनुभयो ।

उहाँले बुधबारको भूकम्पको धक्काबारे भन्नुभयो, “भूकम्प जाँदा अधिकांश मानिस सुतेका थिए तर म निदाएको थिइनँ त्यसैले मैले यसलाई सुरूदेखि नै स्पष्ट रूपमा महसुस गरेँं । यो धेरै शक्तिशाली थियो ।”
तर हुआलियनकी एक महिलाले आफूले धेरै भूकम्प व्यहोरेको बुधबारको भूकम्प लामो समयसम्म चलेकाले आफू ‘साँच्चै अत्तालिएकोे’ बताउनुभयो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, “मलाई भूकम्पको बानी परिसकेको छ तर पहिलो पटक म यति डराएकी थिएँ कि मेरो हात थररर काँपिरह््यो ।

वि.सं.२०८० चैत २१ बुधवार २०:२० मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...