काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत २८ गते बुधबार अन्तिम दिन रहेको छ। भोली चैत २९ गते इदको सार्वजनिक बिदा परेका कारण आजसम्म कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।
कम्पनीले गत आव २०७९/८० का लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।कम्पनीद्वारा प्रस्तावित लाभांश आगामी वैशाख १२ गते आयोजना हुन लागेको वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
वि.सं.२०८० चैत २८ बुधवार १०:२९ मा प्रकाशित