काठमाडौं । साताको चौथो पहिलो कारोबार दिन नेपाली बजारमा सुनको भाउले रेकर्ड ब्रेक गरेको छ । उक्त दिन सुन प्रतितोला ५ सय रुपैंयाले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १५ रुपैंयाले बढेर प्रतितोला १ हजार ७०० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०८० चैत २८ बुधवार ११:२१ मा प्रकाशित