back
NMB ad

बीमा क्षेत्रको विकास र पहुँच वृद्धिका लागि संचार माध्यमहरूको भूमिका महत्वपूर्ण : अध्यक्ष सिलवाल

Kumari bank ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र पहुँच वृद्धिका लागि संचार माध्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बीरगञ्जमा मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यरत संचारकर्मीहरूसँग भएको बीमा सम्बन्धी अन्र्तक्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको बीमा क्षेत्रलाई समेत प्राथमिकता दिन संचारकर्मीहरूसँग आग्रह गर्नुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, “बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सकिन्छ, सरकारले चन्दा र राहतको व्यवस्था गर्नुभन्दा नागरिकको जीवन र सम्पत्तिको बीमा गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ, बीमा गरेपछि बीमा कम्पनीले नै क्षतिपूर्ति प्रदान गर्छन्, बीमाबाटै गरीब तथा विपन्न बर्गको जीवनस्तर उकास्न सकिन्छ, बीमाका बारेमा बुझाउन र पहुँच बढाउन संचार माध्यमहरूको महत्वपूर्ण भूमिका हुन्छ ।”

अध्यक्ष सिलवालले संचार माध्यममा आउने बीमा सम्बन्धी समाचारहरूबाट बीमा सम्बन्धी नीति, रणनीति बनाउन सहयोग पुग्ने उल्लेख गर्नुहुँदै संचारकर्मीहरूका लागि बीमा सम्बन्धी तालिम, अन्तक्र्रिया लगायतका कार्यक्रम संचालन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिनुभयो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले प्राधिकरणका काम, कारवाही र नियामकीय भूमिका, बीमाको पहुँच, बीमा बजारको अवस्था, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र बीमा क्षेत्रको विकास तथा पहुँच वृद्धिमा संचार माध्यमको भूमिका सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा संचारकर्मीहरूले नेपाल बीमा प्राधिकरणले संचारकर्मीहरूका लागि नियमितरूपमा तालिम तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नुपर्ने, बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि संचारकर्मीहरूसँग समन्वय गरी अगाडि बढ्नुपर्ने, बीमा सम्बन्धी ठगी र बद्मासी नियन्त्रण गर्न प्राधिकरणले नियमन र अनुगमनमा कडाई गर्नुपर्ने, भोजपुरी र मैथिली भाषामा समेत बीमा सम्बन्धी प्रचार प्रसार गर्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।

वि.सं.२०८० चैत २९ बिहीवार १७:२० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...