back
NMB Ad

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै   

काठमाडौँ, २ वैशाख : नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले  दिनुभएको जानकारीअनुसार सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

वि.सं.२०८१ वैशाख २ आइतवार २०:५७ मा प्रकाशित

You can share this post!

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी   

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:५९

म्याग्दी : सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र...

आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते   

आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:५४

झापा : काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:४९

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन   

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:४०

सिरहा : सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका...

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली   

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:२७

 काठमाडौँ  : हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको...

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु   

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:२२

दमौली (तनहुँ)  : मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...