back
NMB ad

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा   

Kumari bank ad

काठमाडौँ, ३ चैतः नेपाल एसिसी पुरुष प्रिमियर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले हङ्कङलाई आठ विकेटले पराजित गरेपछि समूह चरणको एक खेल अगावै समूह ‘ए’बाट सेमिफाइनमा पुगेको हो ।

प्रतियोगितामा ६ अङ्क बटुल्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

जितका लागि हङकङले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍यो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसैगरी कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्काको मद्धतले ३२ रन जोडे ।

कप्तान रोहित पौडेलले २० बलमा तीन चौकाको मद्धतमा अविजित २५ रन जोडे भने सन्दीप जोराले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा अविजित १९ रन बनाए ।
हङकङका इसान खान र यासिम मुरर्ताजले समान एक/एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउदै एक सय १४ रनको योगफल बनाएको थियो । हङकङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए । त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका अभिनास बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र दीपेन्द्रसिह ऐरीले समान दुई/दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे । नेपालले समूह चरणको अन्तिम खेल यही वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ ।

वि.सं.२०८१ वैशाख ३ सोमवार १५:५३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...