back
NMB Ad

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Royal Enfield Inside Page Banner

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.७० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०३.४९ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १०२.९८ प्रतिशत, कुल सञ्चालन आम्दानी १०१.६३ प्रतिशत र सञ्चालन मुनाफा ११.७८ प्रतिशत बढेको छ। सो अवधिमा बैंकको निष्क्रिय कर्जा १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ।

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा रहेको छ। यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १६ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब ११ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४९ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:०० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
गार्डियन माइक्रो लाइफ इन्स्यारेन्सको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल

गार्डियन माइक्रो लाइफ इन्स्यारेन्सको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल

वि.सं.२०८१ माघ २१ सोमवार १४:४७

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनआइएमबी एस...

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री

वि.सं.२०८१ माघ २१ सोमवार १४:३७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम...

गोलन्जोर गाउँपालिकालाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण

गोलन्जोर गाउँपालिकालाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण

वि.सं.२०८१ माघ २१ सोमवार १३:५०

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकालाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण...

सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता   

सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता   

वि.सं.२०८१ माघ २१ सोमवार १३:३०

राजकुमार पराजुली, काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको...

चिलिमे हाइड्रोपावरको नाफा ४.७२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

चिलिमे हाइड्रोपावरको नाफा ४.७२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ २१ सोमवार १३:१९

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

मोरङ्गमा खुल्यो मौलिक भान्छा घरको नयाँ शाखा

मोरङ्गमा खुल्यो मौलिक भान्छा घरको नयाँ शाखा

वि.सं.२०८१ माघ २१ सोमवार १३:०३

काठमाडौँ । काठमाडौँको कपन स्थित मौलिक बजार तथा मौलिक भान्छाघरले...