
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले ९ महिनाको अवधिमा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६८ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १६ करोड ६५ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा १८ करोड २९ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो ।
यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब १९ करोड रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोष ९ अर्ब ८६ करोड रुपैयाँ छ । चैतसम्म बैंकले २ खर्ब ७८ अर्ब निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब कर्जा लगानी गरेको छ ।
वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१० मा प्रकाशित