back
NMB Ad

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

Royal Enfield Inside Page Banner

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग   

दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग   

वि.सं.२०८१ माघ २६ शनिवार ०६:४५

काठमाडौँ : दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई...

यस्तो रहनेछ आज २०८१ माघ २६ गते शनिवार तपाईको राशिफल

यस्तो रहनेछ आज २०८१ माघ २६ गते शनिवार तपाईको राशिफल

वि.सं.२०८१ माघ २६ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं –प्रधानमन्त्री   

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं –प्रधानमन्त्री   

वि.सं.२०८१ माघ २५ शुक्रवार १८:२५

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र...

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित   

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित   

वि.सं.२०८१ माघ २५ शुक्रवार १८:१९

चितवन: भारतीय सीमा क्षेत्रबाट अबैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको...

एमएडब्लूले जित्यो डिलर अफ द इयर अवार्ड

एमएडब्लूले जित्यो डिलर अफ द इयर अवार्ड

वि.सं.२०८१ माघ २५ शुक्रवार १८:११

काठमाडौं । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका...

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ  र प्रभु बैंक बीच सम्झौता 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ  र प्रभु बैंक बीच सम्झौता 

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:५९

काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र...