back
NMB Ad

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

Royal Enfield Inside Page Banner

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गर्नु भएको छ ।

उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाख सम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै रु ५ लाख सम्म को बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ ।

यि सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ ,इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्नु हुनेछ । साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रिय संगठन स¤ग काठमाडौमा यसै किसिमको सम्झौता गरिसकेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सिसी र चक्की भिटामिनको भ्रम   

सिसी र चक्की भिटामिनको भ्रम   

वि.सं.२०८१ माघ ६ आइतवार १२:१०

‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस्...

अमेरिकामा टिकटक सेवा बन्द   

अमेरिकामा टिकटक सेवा बन्द   

वि.सं.२०८१ माघ ६ आइतवार १२:०२

वासिङ्टन, ६ माघ : अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका...

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब   

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब   

वि.सं.२०८१ माघ ६ आइतवार ११:५५

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म...

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ ६ आइतवार १०:५२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो   

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो   

वि.सं.२०८१ माघ ६ आइतवार १०:४६

सोमनाथ लामिछाने, काठमाडौं : अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ६ आइतवार १०:३८

काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ ।...