काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार १५.४१ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन बजार १२.२९ अंकले बढेर १९८४ को विन्दुमा कायम भएको थियो ।
आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।
उक्त दिन दोल्ती पावर कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७.३७ प्रतिशतले घटेको हो । त्यसैगरी एनआइसी एशिया लघुवित्तको ७.२४ प्रतिशत, हिमालयन लघुवित्तको ४.७४ प्रतिशत, मोलुङ हाइड्रोपावरको ४.२५ प्रतिशत, श्रीजनशील लघुवित्तको ४.२५ प्रतिशतले सेयरमूल्य घटेको छ ।
वि.सं.२०८१ वैशाख १० सोमवार १५:१२ मा प्रकाशित