back
NMB ad

सिटिजन लाइफले “सिटिजन विथ जेन जेड” कार्यक्रमहरु संचालन गर्ने

Kumari bank ad

काठमाडौं । नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पु¥याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको छ । उक्त कार्यक्रमहरु मध्यको एक, जेन जेड अन्तर्गत पर्ने युवा पुस्ताहरुलाई मध्य–नजर गर्दै “सिटिजन विथ जेन जेड” कार्यक्रमहरु संचालन गर्ने, भविष्यका लागि जीवन बीमा र लगानिको महत्व बारे बुझाउने र युवा वर्गहरु आकर्षित हुने कार्यक्रमहरु संचालन गरी उनिहरुलाई सचेत गराउने र चाहिने सहयोग पुर्याउने रहेको छ ।

सिटिजन आफैमा नेपालको जीवन बीमा कम्पनीहरु मध्ये कान्छो कम्पनीहरुमा पर्दछ । यस कम्पनीमा कार्यरत कर्मचारीहरु पनि धेरै जसो युवा उमेर समूहकै छन । सायद त्यसैले नै होला यस कम्पनीले सधै जोश र जागरका साथ नयाँ र आक्रमक रणनिती लिएर व्यापार प्रतिसप्रधामा उच्च स्थान हासिल गरी सधै आफुलाई प्रमाणित गर्दै आइरहेको छ । हाल सिटिजनले कम्पनीको आन्तरिक कर्मचारीहरु आकर्षित हुने रचनात्मक र चुनौतीपूर्ण कार्य, आफ्नो कुशलता प्रस्तुत गर्ने अवसर, विभिन्न तालिम र सीप विकास कार्यक्रमहरुमा सहभागी हुने साथै विभिन्न खेल्कुद प्रतियोगिताहरुमा सहभागी हुने अवसर प्रदान गरिरहेको छ ।

साथै, यसै वर्ष देखी विविधतामा एकता पहलका साथै कम्पनी भित्र विभिन्न जात, धर्म र संस्कृतिक परिभाषाका कर्मचारीहरु मध्य विविधतामा समावेशिताको भावना जागाउनका लागी विभिन्न संस्कृतिक कार्यक्रमहरुको आयोजना गराउने तयारी गरेकोे छ ।
पछिल्लोे समयमा सिटिजन लाइफ, युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियान अन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालन लगायत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्राणलिको सुरुवात गर्ने पहिलो कम्पनी हो ।

अहिलेको प्राविधिक युगमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यस क्रमलाई अझै सकृय र अप टु डेट बनाउने प्रयासमा छ । जसका लागी कम्पनीको व्यवस्थापन समुहले अनुसन्धान, विकास र प्राविधिमा लगानी बढाउने तय गरेको छ ।

वि.सं.२०८१ वैशाख १० सोमवार १५:१८ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...