काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार बजार ०.१५ अंकले बढेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन पोखरा फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, गुराँस लघुवित्तको ९.९२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ७.५५ प्रतिशत, नेपाल फाइनान्सको ५.७६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.५३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११ मा प्रकाशित