back
NMB ad

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

Kumari bank ad

बागमती, २७ वैशाख : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत बजेटमात्र खर्च गरेको छ ।

चालु आर्थिक वर्षको १० महिना सकिनै लाग्दा प्रदेश सरकारका मन्त्रालयको बजेट खर्च न्यून देखिएको हो । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडा मकवानपुरका अनुसार प्रदेश सरकारको विभिन्न मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत अर्थात् रु २४ अर्ब ४० करोड ७८ लाख मात्र खर्च गरेको छ ।

सो अवधिमा प्रदेश सरकारको मन्त्रालयहरुले चालुतर्फ रु ११ अर्ब ४१ करोड ५२ लाख तथा पुँजीगततर्फ रु १२ अर्ब ९९ करोड २५ लाख बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु आठ अर्ब ६९ करोड ८९ लाख बजेट खर्च गरेको छ । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले रु दुई अर्ब ८६ करोड, स्वास्थ्य मन्त्रालयले रु एक अर्ब ८६ करोड, सामाजिक विकास मन्त्रालयले रु एक अर्ब ६९ करोड, वन तथा वातावरण मन्त्रालयले रु एक अर्ब २३ करोड २९ लाख, कृषि तथा पशुपक्षी मन्त्रालयले रु ८१ करोड नौ लाख, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले रु ६३ करोड ३६ लाख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु १९ करोड ६५ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु १७ करोड ४८ लाख र आर्थिक मामिला तथा योजना मन्त्रालयले रु नौ करोड ५४ लाख खर्च गरेको प्रमुख लेखा नियन्त्रक उपाध्यायले बताउनुभयो ।

त्यस्तै प्रदेशसभा सचिवालयले रु १४ करोड ५६ लाख बजेट खर्चको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालयले जनाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ रु २६ अर्ब ४२ करोड १२ लाख, पुँजीगततर्फ रु ३५ अर्ब ७८ करोड ७८ लाख र वित्तिय व्यवस्थापनतर्फ रु ५० करोड गरी रु ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन गरेको थियो ।

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...