काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । बिहीबार बजार ५.६३ अंकले बढेर १९६६ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।
वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:१७ मा प्रकाशित