back
NMB ad

जेएलपीटी आवेदन फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने

Kumari bank ad

काठमाडौं । खल्तीले जाल्टनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जाल्टनको कार्यालय भृकुटिमण्डप नै पुगेर घन्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट गर्नु पर्दथ्यो । अब त्यो हटेको छ ।

यो समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको जनाएको छ । जाल्टनका अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

जेएलपीटी जापानी भाषा सम्बन्धि ज्ञान परीक्षण गर्ने अन्तराष्ट्रिय संस्था हो । जेएलपीटीमा एन १, एन२, एन३, , एन४, एन५ गरी जम्मा ५ वटा तहहरु रहेका छन् ।

यी मध्ये आवेदकले आफुलाई उपयुक्त लागेको कुनै एक तह छनौट गरी भाषा परीक्षा दिन सक्नेछन् । साथै जेएलपीटी को आवेदन फारम यसको आधिकारीक वेबसाइट अनलाइनबाट भरी पेमेन्ट विकल्पको रुपमा खल्ती छनौट गरी तुरुन्त भुक्तानी गर्न सकिन्छ ।

आवेदन फारम शुल्क ३ हजार रहेको छ । फारम भदौ २२ देखि असोज २ गतेसम्म भर्न सकिने छ । ५ डिसेम्बर २०२१ मा संचालन हुने उक्त परीक्षामा उत्तीर्ण भई छनौट हुने १००० जनाले रोजगारको लागि जापान जान पाउनेछन् ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १६:३५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...