back
NMB ad

६ वटा प्रादेशिक कार्यालय भवन निर्माणका लागि जग्गाको खोजीमा ग्लोबल आइएमई बैंक

Kumari bank ad

काठमाडौं । प्रादेशिक कार्यालय भवन निर्माणका लागि ग्लोबल आइएमई बैंकले जग्गा खोजेको छ । देशका ६ प्रदेशका लागि भवन निर्माण गर्न बैंकले जग्गा खोजेको हो ।

एक सूचना निकाल्दै प्रदेश १ र २, गण्डकी, लम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रेशका लागि प्रादेशिक कार्यालय भवन निर्माण लागि जग्गा खरिद गर्न आवश्यक भएको बैंकले जनाएको छ ।

भवन निर्माणका लागि बैंकको प्रस्तावित स्थान भने प्रदेश १ को विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, प्रदेश २ को वीरगंज महानगरपालिका, जनपुर उपमहानगरपालिका, बर्दिबास र लहान नगरपालिका, गण्डकी प्रदेशका लागि पोखार महानगरपालिका, लुम्बिनीका लागि बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगरपालिका भैरहवा बजार, कर्णालीका लागि बीरेन्द्रनगर नगरपालिका(जुम्लारोड प्राथमिकतामा) र सुदुरपश्चिमका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका अत्तरिया बजारमा रहेका छन् ।

जग्गा बिक्री गर्न इच्छुक व्यक्ति संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन् । प्रस्तावित जग्गा राजमार्गले छोएको वा मूल बजारको आन्तिरिक स्थानमा भए कम्तिमा २० फिटको चौडाबाटो हुनुपर्ने, जग्गाको क्षेत्रफल कम्तीमा २ कठ्ठा र पोखराको हकमा ३० हात मुख भएको हुनुपर्नेछ । मूल बजार वा बाटो भए केही कम परिमाण भएपनि हुने बैंकले जनाएको छ ।

जग्गा रहेको स्थान नदी, इन्धन केन्द्र/भण्डारण क्षेत्र, रासायनिक र रंग कारखाना आदिबाट कम्तीमा ५ सय मिटर टाढा भएको, जग्गाा भित्रबाट हाइ टेन्सन तार प्रवाह नभएको एवं सडक विस्तार योजनामा पर्ने विस्तारमा पर्ने जग्गा घटाएर प्रस्ताव गर्नुे बैंकले जनाएको छ ।

साथै कुनै पनि प्रकारको मुद्दा मामिला, नभएको गुठी मोहि नभई नेपाल सरकारले जग्गा सम्वन्धी तोकिएको सम्पूर्ण मापदण्डहरु पुरा भएको हुनुपर्ने र जग्गाको दरभाउ अंक र अक्षरमा अनिवार्य रुपमा उल्लेख गरि बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार ११:२१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...