back
NMB ad

पूर्वाधार निर्माणमा प्राकृतिक प्रकोप बाधक, सडक पूर्वाधारमा गुणस्तर अभाव

Kumari bank ad

काठमाडौं । लगानी बोर्डको १०औं वार्षिकोत्सवको अवसरमा दिगो पूर्वाधार विकास तथा सार्वजनिक निजी साझेदारी अवधारणा मार्फत पूर्वाधार विकासका अवसर र चुनौतिबारे दुईवटा बेग्लाबेग्लै छलफल भएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको अध्यक्षतामा ‘नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा छलफल भएको छ ।छलफलमा नेपालमा वातावरणिय दृष्टिकोणले दिगो पूर्वाधार विकास हुनुपर्नेमा जोड दिए । नेपाल जस्तो मुलुकमा प्राकृतिक प्रकोप ज्यादा हुने भएकोले प्राकृतिक प्रकोप सामना गर्न सक्ने पूर्वाधारको निर्माण गर्नु पर्नेमा जोड रहेको छ ।

नेपालको आर्थिक विकासमा सडक संजालको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएपनि सडक पूर्वाधार कमजोर रहेकाले सरकारले गुणस्तरीय यातायात पूर्वाधार विकासमा जोड दिनुपर्ने वक्ताहरुको सुझाव थियो ।

वक्ताहरुले जलवायू परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण गर्न हरित जलवायू कोषमा नेपालको पहुँच बढाउनु पर्नेमा समेत जोड दिनुभयो । छलफलमा नेपालमा हरित र दिगो पूर्वाधारको विकासका सम्भावना, वर्तमान कानूनी व्यवस्थाहरु, लगानीका अवसरहरु तथा चुनौति एवम् सार्वजनिक–निजी साझेदारी लगायत परियोजना विकासका संयन्त्रहरु, आपसी सहकार्यका सम्भावनाहरुबारे छलफल भयो ।

यस्तै नेपालको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारीको विकास र व्यबस्थापन विषयमा पनि छलफल भएको छ । कोभिडका कारण विश्वभर नै लगानी घटिरहेको र कतिपय लगानीकर्ताहरु नयाँ लगानीको गन्तव्य खोजी गरिरहेको अवस्थामा नेपालले त्यस्ता लगानीकर्ताहरुलाई सार्वजनिक-निजी साझेदारीका परियोजनाहरुमा आकर्षित गर्नुपर्नेमा सबैको जोड रहेको थियो ।

छलफलमा वक्ताहरुले नेपालमा सार्वजनिक निजी साझेदारीका परियोजना अगाडि बढाउन सरकार, निजीक्षेत्र तथा स्थानीय सरकार र स्थानीय समुदायहरुबीच समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७८ भदौ २३ बुधवार १८:२७ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...