back
NMB ad

सेयर बजार स्थिर, हाईड्रोपावर र जीवन बीमा कम्पनीमा बढ्यो लगानीकर्ताको आकर्षण

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार स्थिर बनेको छ । निकै उतार चढावकाबीच पनि बजार स्थिर देखिएको हो ।

इन्ट्रा डे कारोबारमा २९१२.३८ अंकसम्म सम्म पुगेको बजारमा केही समयमा नै गिरावट सुरु भयो । अन्तिम समयमा बजार मापन गर्ने सूचक ०.६२ अंकले घटेर २८७५.९८ बिन्दुमा रोकिएको छ । कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५३ अंकले घटेर ५३५.२९ बिन्दुमा रोकिएको छ । बिहीबार २३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता सेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समुहको उपसूचक २.१७, विकास बैंक १२.०१, फाइनान्स ३६.४३, उत्पादन तथा प्रशोधन २१.७२, अन्य २२.५१, माइक्रोफाइनान्स १७.८८ अंकले घट्दा जलविद्युत समूहको ६२.७५, जीवन बीमा समूहको उपसूचक ५९.३८ अंकले बढेको छ । कारोबारमा जलविद्युत कम्पनी र जीवन बीमा समूहको उपसूचकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

कारोबार रकमको आधारमा रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ४९ करोड ३९ लाख ४९ हजार २२३ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रोमा अरुण भ्याली हाईड्रोपावर कम्पनी र रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १५:१३ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...