back
NMB ad

कर्जा लगानीमा आक्रामक बन्दै राष्ट्रियस्तरका विकास बैंक : करिब ३ अर्ब लगानी, निक्षेप संकलन खुम्चदै

Kumari bank ad

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकमा एक सातामा ९८ करोड २१ लाख रुपैयाँ निक्षेप बढेको छ ।

अघिल्लो साता राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ निक्षेप हुँदा ३ अर्ब ३७ करोड ५३ लाख रुपैयाँले कर्जा लगानी बढाएका थिए । यो साता कर्जाको तुलनामा निक्षेपको माग घटेको छ । कर्जाको माग पनि केही घटेको देखिएको छ ।

विकास बैंकमा निक्षेप संकलन भन्दा पनि कर्जाको माग निकै बढेको छ । एक साताको अवधिमा राष्ट्रियस्तरका विकास बैंकले २ अर्ब ८९ करोड १६ लाख रुपैयाँले कर्जा लगानी बढाएका छन् ।

भदौ २५ गतेसम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले ४ खर्ब १७ अर्ब ३६ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंकहरुले कर्जा भने ३ खर्ब ६८ अर्ब ८० करोड ५० लाख रुपैयाँ प्रवाह गरेको तथ्याङकले देखाएको छ ।

एक साताको अवधिमा क्षेत्रीस्तरका विकास बैंकको निक्षेप संकलन २५ करोड २५ लाख रुपैयाँले घटेको छ । यता कर्जाको माग भने क्षेत्रीस्तरका विकास बैंकमा पनि निकै देखिएको छ । एक साताको अवधिमा क्षेत्रीस्तरका बैंकमा कर्जाको माग २५ करोड ८२ लाख रुपैयाँले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, साहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याङक भने राखिएको छैन । १० मध्ये ७ वटाको तथ्यांक अनुसार ७१ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन भएर कर्जा लगानी भने ६७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

एक साताको अवधिमा १५ वटा बैंकको निक्षेप ७३ करोड १४ लाख रुपैयाँले बढेर ४ खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ पुगेको छ । यस्तै कर्जाको माग ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँले बढेर ४ खर्ब ३६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ११:४१ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...