back
NMB ad

उद्योगी व्यवसायीलाई बैंक ब्याजदेखि घरभाडासम्मको समस्या बढ्यो : बरिष्ठ उपाध्यक्ष ढकाल

Kumari bank ad

मोरङ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका उद्योगी व्यवसायी बैंकको व्याजदेखि घरभाडासम्मको समस्यामा परेको बताउनु भएको छ ।

उर्लावारी उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल बताउनुभयो । यसका लागि सरकारलाई बारम्वार घच्घच्याइरहेको बताउनुभयो । मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीहरुको छाता संस्थाको हैसियतले महासङ्घले पहल गरिरहेको बताउनुभएको छ ।

कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको बताउँदै व्यवसायीका समस्याको समाधान गरी व्यवसायीको उत्थानका लागि महासङ्घले सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताउनुभयो ।

कोभिडको महामारीका कारण सबैक्षेत्र प्रभावित भएपनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेका उहाँले बताउनुभयो । ढकालले भन्नुभयो ‘देशको व्यवसाय कोरोना महामारीका कारण निकै नै प्रभावित छ ।

बैंकको व्याजदेखि घरभाडासम्मका कुरा आउँछन् । आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल हुनेछ । यसका लागि सरकारलाई हामीले बारम्वार घच्घच्याइरहेका छौँ ।’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १०:५५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...