back
NMB ad

वाणिज्य बैंकले दिन थाले दोहोरो अंकमा ब्याज, कुन बैंकको कति ?

सेयर बजारमा कस्तो पर्ला प्रभाव ?

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका बाणिज्य बैंकहरुले असोज १ गते (आज) देखी लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर दोहोरो अंकमा पुगेको छ । केही बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खातामा पैसा राख्दा दोहोरो अंकको ब्याज पाइने छ ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार सानिमा र सनराइज बैंकमा मुद्दती खातामा पैसा राख्दा १० प्रतिशत भन्दा बढी ब्याज पाइने छ ।

सनराइज बैंकमा मुद्दती निक्षेपमा ५.०७ देखि १०.०७ प्रतिशतसम्म ब्याज दिने छ । यस्तै सानिमा बैंकले मुद्दती निक्षेप तर्फ ७ देखि १०.०१ प्रतिशतसम्म ब्याज दिने छ ।

यस्तै नबिल बैंकले मुद्दती निक्षेपमा ६.५१ देखि ९.२६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । एनएमबि बैंकले मुद्दती निक्षेपमा ७.५० देखि ९.०२ प्रतिशतसम्म, राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिने भएको जनाएको छ । कृषि विकास बैंकले मुद्दती निक्षेपमा ६ देखी ८.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

यता एभरेष्ट बैंकले मुद्दती निक्षेपमा ७ देखि ८.६१ प्रतिशतसम्म दिने भएको छ । नेपाल एसबीआई बैंकले मुद्दती निक्षेपमा ४.०५ देखि ८.५५ प्रतिशतसम्म ब्याज दिने भएको जनाएको छ ।

सेञ्चुरी बैंकले मुद्दती निक्षेपमा ८ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ भने नेपाल बंगलादेश बैंकले मुद्दती निक्षेपमा ८.५१ देखि ८.७६ प्रतिशत, हिमालयन बैंकले मुद्दती निक्षेपमा ५ देखि ८ प्रतिशतसम्म ब्याज दिने छ । यता प्रभु बैंकले मुद्दती निक्षेपमा ७.२५ देखी ८.२५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ ।

स्टयान्र्डड चार्टर्ड बैंकको मुद्दती निक्षेपमा पैसा राख्दा ४.५ देखि ७.५० प्रतिशतसम्म ब्याज पाएने छ । सिभिल बैंकले मुद्दती निक्षेपमा ७.५५ देखि ९.२५ प्रतिशत, प्राइम बैंकको मुद्दती निक्षेपमा ८ देखि ९.७६ प्रतिशत, एनसीसी बैंकले मुद्दती निक्षेपमा ९.२६ प्रतिशत, माछापुच्छे« बैंकको मुद्दती निक्षेपमा ८.२५ देखी ८.७५ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंकहरुले मुद्दती निक्षेपमा ब्याज बढाएसँगै यसले सेयर बजारमा निकै असर पर्ने आंकलन सुरु भएको छ । बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेकै दिन सेयर बजार ७६ अंकले घटेको छ ।

पछिल्लो समय सेयर बजार अस्थिर बनिरहेको बेला बैंकले ब्याज बढाउँदा लगानीकर्ताको ध्यान ब्याज खाने तर्फ जाने र त्यसले बजारलाई प्रभाव पार्ने जानकारहरुको भनाई छ ।

वि.सं.२०७८ असोज १ शुक्रवार १३:०९ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...