back
NMB ad

मोटरहेड टेक्केन आर २५० बाइक नेपालमा: कति पर्छ मूल्य ? यस्तो छ फिचर

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा मोटरहेड टेक्केन आर २५० मोटरसाइकल भित्रिएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले उक्त मोटरसाइकल ल्याएको हो ।

कम्पनीका अनुसार मोटरहेड बाइक नेपालका सबै भू–भागका लागि उपयुक्त मानिएको छ । जसको मूल्य ४ लाख ५ हजार रुपैयाँसम्म पर्दछ । यो मूल्य पनि सिमित समयका लागि रहेको कम्पनीले जनाएको छ ।

यो मोटरसाइकलमा फराकिलो र ठूलो टायर छ । यसका साथै उच्च ग्राउन्ड क्लियरेन्स, पिकअप पावर र आरामदायी रहेको दाबी कम्पनीको छ । यो २२३ सीसी क्षमताको इन्जिन जडित मोटरसाइकल हो । यसले अधिकतम १२.५ किलोवाट पावर टोर्क १७ एनएम दिने बिक्रेता कम्पनीले जनाएको छ ।

एलएलआर टेक्नो एण्ड ट्रेडले मोटरहेड व्रान्ड ५ वर्षदेखि नेपालको दुईपाँग्रे बजारमा डर्ट सेगमेन्टको रुपमा परिचित गराएको छ । यसका साथै कम्पनीले क्रसओभर र स्क्रयाम्बलर सेगमेन्टहरुलाई पनि नेपालमा लोकप्रिय बनाउन सफल भएको छ ।

कम्पनीले सात फरक मोडलमा अपग्रेड गरिएका मोटरहेड एमएच १५० आर, डर्ट बाइक, एमएच २०० ड्युल प्रपोज, टेक्केन २२३ सिसी मोडल, स्पोर्टस् अफरोड डर्ट, स्पोर्टस् अनरोड, एक्स टर्क र स्क्र्याबलर २५० सिसी बाइक बिक्री गर्दै आएको छ ।

कम्पनीले बिक्री गरिरहेका स्क्र्याम्बलरको २५० को मूल्य २ लाख ९५ हजारदेखि ४ लाख ५५ हजार रुपैयाँसम्म पर्छ ।

मोटरहेडको हाल देशका प्रभुख सहरहरुमा थ्रीएस सुविधा (बिक्री, सेवा र स्पेयर) सहित १४ वटा डिलर आउटलेट छन् ।

वि.सं.२०७८ असोज ३ आइतवार १२:४७ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...