back
NMB ad

एउटी गृहिणी जसले ७५ लाई ४५० करोड डलरमा परिणत गरिन्

Kumari bank ad

पलो अल्टो, क्यालिफोर्नियामा सन् १९७७ मा एक सामान्य गृहिणी जो श्रीमती र आमाको भूमिकामा खुशी थिइन्, जसको कुनै व्यवसायिक अनुभव थिएन उनले एउटा पसल खोलिन् कुकिजको पसल । सबैले उनलाई पागल भने । कुनै पनि व्यवसाय मात्र कुकिज बेचेर नचल्ने पनि उनलाई बाए । तर उनी पछि हटिनन् । पहिलो दिन उनले ७५ डलर कमाइन् र अहिले त्यो ७५ डलरबाट ४५० करोड डलरमा परिणत भएकोछ । ती सामान्य गृहिणी थिइन्, डेबी फिल्ड्स ।

एउटा गृहिणी, जो आफ्नो सामान्य जीवनदेखि खुशी थिइन् । पाँच सन्तान र श्रीमान्सँग सुखी जीवन बिताइरहेकी डेबी मात्र २० वर्षकी थिइन् जब उनलाई जिन्दगीमा केही गर्नुपर्छ, केही बन्नुपर्छ भन्ने लाग्यो । त्यसका लागि उनले व्यवसाय गर्ने सोच बनाइन् । तर उनीसँग त्यस्तो विशेष सीप केही थिएन । केही गर्ने सोच आइरहेका बेला उनको बुवाले भनेको कुरा उनले सम्झिइन्, सम्पत्ति भनेको तिमीलाई गर्न मन लागेको काममा हुन्छ ।

उनले सम्झिइन् बाल्यकालमा पाँच सन्तान मध्येकी एक थिइन् उनी । उनकी आमाले ती पाँच बच्चाहरुका लागि बनाएको खाना उनलाई मन पर्दैनथ्यो, उनलाई कुकिज मन पथ्र्यो । तर बाल्यकालदेखि नै उनी आफूलाई मनपर्ने कुकिज (बिस्कुट) आफै बनाउँथिन् । उनलाई त्यही मन पथ्र्यो, कुकिज नै बनाउन मन लाग्थ्यो । त्यसपछि उनले त्यसैलाई आफ्नो व्यवसाय बनाइन् । त्यसरी सुरु भएको उनको व्यवसाय अहिले ३ सय ठाउँमा फैलिएको छ भने करिब ४ हजार मानिसहरुको उनको अधिनमा कम गर्छन् ।

डेबी फिल्ड्सको मिसेस फिल्ड्स कुकिज संसार प्रसिद्ध बन्न पुगेको छ । उनले आफ्नो पसलको नाम मिसेस फिल्ड्स् राखिन्, जुन अहिले विश्व प्रसिद्ध बन्न पुगेकोछ । तर उनको यो सफलता उनले रातारात पाएकी हैनन् ।

यो सन् १९७० को दशकको कुरा हो । उनले आफ्नो परिवार र श्रीमान्सँग सल्लाह गरिन् । उनलाई सबैले कुकिजको व्यापार गर्छु भन्दा पागल भएको ठाने, किनभने उनीसँग व्यवसायको सुरुवात गर्नका लागि प्रशस्त पैसा पनि थिएन । त्यसपछि उनले ऋण लिने विचार गरिन् । उनी बैंकहरुमा धाउन थालिन् । बैंकहरुले उनको कुरा सुन्थे, उनको कुकिजहरु चाख्ने तर उनलाई नकारात्मक जवाफ दिन्थे । धेरै बैंकहरु चाहरेपछि पनि उनी थाकिनन् । उनी भन्छिन्, मलाई लाग्थ्यो कोही त छ जसले मेरो कुकिज मन पराउनेछ र मलाई ऋण दिनेछ ।

नभन्दै एक दिन त्यस्तै भयो, एकजना बैंकका म्यानेजरले उनको सपनालाई पखेटा दिए, उनलाई २१ प्रतिशत ब्याजमा ऋण दिए । उनले आफ्नो श्रीमान्सँग सल्लाह गरिन् । उनका श्रीमान्ले उनलाई सहयोग गरे तर उनले दिनभरमा ५० रुपैयाँ पनि कमाउन सक्दैनौं भन्दै शर्त लगाए । उनले आफूले यो शर्त जितेरै छाड्ने बताइन् । उनले कुकिज बनाइन् र पसलमा कुरेर बसिन् । तर मध्यान्ह बितिसक्दा पनि उनको पसलमा कुनै पनि व्यक्ति कुकिज किन्न आएनन् ।

त्यसपछि उनले एउटा उपाय लगाइन्, उनले बाटोमा हिंडिरहेका मानिसहरुलाई आफूले बनाएको कुकिज चाख्न दिइन् । मनपर्नेलाई किन्न भनिन् र त्यस वापतमा अत्यन्त थोरै पैसा लिइन् । यसरी आधा दिनमा उनले ७५ डलर कमाइन् । यो उनको पहिलो कमाई थियो । यसको साथसाथै उनले त्यो कुकिज किन्ने र चाख्ने व्यक्तिहरुलाई आफूलाई सुझाव दिन पनि भनिन् । उनले राम्रो सुझाव पाइन् जसले गर्दा उनलाई हौसला मिल्यो ।

भोलिपल्टदेखि उनको पसलमा एक दुई जना फाट्टफुट्ट कुकिज किन्न आउन थाले । महिनादिन बित्नासाथ उनले बसेर आफ्नो हिसाबकिताब गरिन् । कुनै नाफा थिएन र कुनै घाटा पनि थिएन । त्यसपछि फेरि उनले एउटा लिष्ट बनाइन् । जहाँ उनले प्रत्येक महिनामा कति आम्दानी गर्ने, प्रत्येक हप्ता कति आम्दानी गर्ने, प्रत्येक दिन कति आम्दानी गर्ने र त्यसका लागि प्रत्येक घण्टा कति आम्दानी गर्ने भन्ने तय गरिन् । बिस्तारै उनको उत्पादनले घण्टाको ३२ डलर कमाउन थाल्यो । उनी आज पनि यस्तो तालिका र नियम बनाउँछिन् । यही अनुसार नै आफ्ना कर्मचारीहरुलाई काम गर्न प्रेरित गर्छिन् ।

पहिलो दिनमा ७५ डलर कमाएको उनको अहिले इतिहास भइसकेको छ । अहिले उनी दिनमा लाखौंको व्यापार गर्छिन् । सफलता एउटा सानो आइडियामा लुकेको हुन्छ भन्ने कुरा उनको जीवनबाट जान्न सकिन्छ ।

प्रस्तुति इरादा पहाडी, एजेन्सीको सहयोगमा
३ असार २०७३, १।००

वि.सं.२०७३ असार ३ शुक्रवार १२:५५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...