back
NMB ad

सेयर बजार राताम्मे, होला त अर्थमन्त्रीको अभिव्यक्तिको असर ?

Kumari bank ad

काठमाडौ । भारी गिरावटसँगै सेयर बजार राताम्मे भएको छ । सोमबारको कारोबारले बजारमा लगानीकर्ताको २७०० को मनोविज्ञानलाई तोडेको छ ।

बजार राताम्मे बन्दा नेप्से मापन गर्ने सूचक ११४.०२ अंकले घटेर परिसूचक २६९८.२५ बिन्दुमा रोकिएको छ । २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा भारी गिरवाट आएपनि कारोबार रकम भने सामान्य नै रहेको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको ५१.४६, विकास बैंक ३३२.३८, फाइनान्स कम्पनी २२९.६९, जलविद्युत २२०.२९, जीवन बीमा ८००.०६, माइक्रोफाइनान्स १६२.३२, निर्जीबन बीमा समूहको उपसूचक ६१४.२१ अंकले घटेको छ ।

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माको अभिव्यत्तिको कारण पनि बजारमा गिरावट आएको चर्चा सुरु भएको छ । अर्थमन्त्री शर्माले आइक्यानको कार्यक्रममा सेयर बजार बजारमा हावा भरिएको र यसको हावा खुस्क्यो भने के हुन्छ ? भन्ने अभिव्यक्ति दिनु भएको थियो ।

जसको असर पनि बजारमा परेको बताइन थालेको छ । मन्त्री शर्माको यो अभिव्यक्ति आएसँगै आलोचना समेत सुरु भएको छ । मन्त्रीको उक्त अभिव्यक्ती बजारको अहितमा भएको जानकारहरुको भनाई छ । यता राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कर्जाको सिमाको विषयमा गरेको व्यवस्थाको पनि विरोध भइरहेको छ । यता पछिल्लो समयमा बैंकहरुले बढाएको ब्याजदरको असर पनि सेयर बजारमा देखिएको छ ।

वि.सं.२०७८ असोज ४ सोमवार १५:२६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...