back
NMB ad

लुम्बिनी प्रदेशमा २०.२७ प्रतिशतले बढ्यो कृषि कर्जा, साढे ३७ अर्ब पुग्यो

Kumari bank ad

काठमाडौं । लुम्बिनी प्रदेशमा कृषि कर्जा २०.२७ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको लुम्बिनी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रथम अर्ध वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

उक्त प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कृषि कर्जा गत अवधिको तुलनामा २०.२७ प्रतिशतले वृद्धि भई ३७ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा कुल कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा प्रवाहित भएको देखिएको छ । उक्त शीर्षकमा ३५.६० प्रतिशत अर्थात १३ अर्ब ३९ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाहित भएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कृषि कर्जा विश्लेषण गर्दा समिक्षा अवधिमा गत अवधिको तुलनामा अन्नबालीमा २८.६५ प्रतिशत, तरकारी बालीमा २६.७५ प्रतिशत, अन्य नगदे बालीमा ३४.१७प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लखे छ ।

यस्तै, फलफूल तथा पुष्पखेतीमा २१.४० प्रतिशत, मलखाद तथा किटनाशकमा ७५.४६ प्रतिशत, पशुपालन/पशुवधशालामा ४४.३१ प्रतिशत, पंक्षी पालनमा ८.०६ प्रतिशत, माहूरी पालनमा ६२.८४ प्रतिशत अन्य कृषि तथा कृषिजन्य सेवामा १२.८७ प्रतिशत, बनमा ८.४६ प्रतिशत, माछा पालनमा १६.१२ प्रतिशत र सिँचाईमा ६६.५८ प्रतिशतलेवृद्धि भएको देखिन्छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार १४:२४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...