back
NMB ad

लुम्बिनी प्रदेशमा पर्यटक आगमन ८४.०७ % ले घट्यो, होटलको संख्या १५.२७ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले तयार पारेको तथ्याङक अनुसार लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७७-०७८ को अर्ध बार्षिक प्रतिवेदन अनुसार पर्यटक आगमन संख्या ८४.०७ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार यो अवधिमा पर्यटकस्तरीय होटल तथा लजको संख्या १५.२७ प्रतिशतले बढेको छ ।

अध्यागमन कार्यालय, बेलहियाका अनुसार यो अवधिमा पर्यटकको आगमन संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा ८४.०७ प्रतिशतले आएको छ । अघिल्लो आवको सोही अवधिमा ७९ हजार २ सय जना पर्यटक आएका थिए । गत आवको पुस मसान्तसम्म १२ हजार ६ सय १५ जना पर्यटक आएका छन् ।

पर्यटक आगमन कम भएपनि होटल तथा रेष्टुरेण्ट भने निकै बढेको छ । होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ लुम्बिनी प्रदेशका अनुसार गत पुस मसान्तसम्म पर्यटक स्तरिय होटलको संख्या १५.२७ प्रतिशतले वृद्धि भई १५१ पुगेको छ ।

होटल शैया संख्या १४.४६ प्रतिशतले वृद्धि भई १२ हजार १ सय ९० पुगेको छ । त्यसैगरी होटलहरुले प्रदान गरेको प्रत्यक्ष रोजगारीको संख्या समेत ११.०१ प्रतिशत वृद्धि भई ७ हजार ९ सय ८५ पुगेको छ । केही होटलहरु निर्माणको क्रममा रहेकोले संचालनमा आए पश्चात प्रत्यक्ष रोजागरीको संख्या बढ्ने राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार १४:४३ मा प्रकाशित

You can share this post!

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...