back
NMB ad

वर्तमान सरकारको विकल्प छैन : मन्त्री राई

Kumari bank ad

भक्तपुर । सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले वर्तमान सरकारको विकल्प नभएको बताएका छन् ।
रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री राईले वर्तमान सरकार इतिहासकै शक्तिशाली गठबन्धनको आधारमा निर्माण भएको र बिकल्प नभएको भन्दै सरकारले वर्तमान समस्याहरु हल गर्दै तीनै वटा निर्वाचन गराउने बताएका हुन् ।
मन्त्री राईले सरकारको बिकल्पको खोजीमा आएका ब्यक्तिहरु समेत पुरानै मुहार भएको र यसले नेपालीमा कुनै नौलो वातावरण सृजना गर्न नसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले ल्याएको भिजन देशको हितमा भएको टिप्पणी गरे ।
वर्तमान सरकारले कालोबजारीलाई संरक्षण गरेको भन्ने भनाईहरुमा सत्यता नभएको भन्दै उनले यी सबै आरोप मात्र भएको र सरकारले कालोबजारी र भ्रष्टाचारीको पहिचान गरी कारवाहि गरिरहेको बताए ।
पुनर्निर्माणको काममा केही ढिलाई भएता पनि सरकारले तोकेको समयमा सामुहिक बस्ती बसालेर भए पनि राहत प्रदान गर्ने भन्दै यसका लागि नेपाली सेना लगायतका सुरक्षा निकाय र अन्य क्षेत्र लागि परेको मन्त्री राईले बताए ।
उनले मधेश आन्दोलनका नेतृत्वले बिगतमा सरकारले पठाएको पत्रलाई गलत आशयका साथ प्रचार प्रचार गरेता पनि पछिल्लो समयमा प्रधानमन्त्रीले पठाएको पत्रबाट भने गलत प्रचार प्रसार गर्ने मौका नमिलेको र जायज मागको सम्बोधन गर्न सरकार तयार रहेको बताए । मधेश अन्दोलनको नेतृत्वले सात बुँदे मागमा राखेको र त्यसका बारेमा सकारात्मकका छलफल भइरहेको भन्दै मन्त्री राईले वार्ताकै माध्यमबाट समस्या समाधान हुने समेत दाबी गरे ।
उनले वर्तमान सरकारको प्रमुख उद्देश्य भनेको संबिधानको सफल कार्यान्वयन र तीनैवटा निर्वाचनका साथ पुनर्निर्माणको काम भएकाले साना तिना बिषयमा सरकार नअल्झने भन्दै संबिधानको कार्यान्वयनको खाका सरकारद्वारा प्रस्तुत भइसकेकाले सबैले यसलाई स्विकार गर्दै संबिधानको सबल र सफल कार्यान्वयनमा लाग्नु पर्नेमा जोड दिए ।
बजेटमा सबै बिषयलाई सम्बाोधन गर्न नसकेता पनि श्रमजीबी पत्रकार ऐन लागूका बिषयमा निजि सञ्चार गृहहरुसँग छलफल भईरहेको र सबै सकारात्मक रहेकाले अव छिट्टै यो एन लागू हुने मन्त्री राईले बताए ।
पछिल्लो समयमा एनसेलको टावर माथि भइरहेको आक्रमणको घटना गलत भएको र आक्रमणमा संलग्नहरुको पहिचान गरी कारावाही गर्न गृह मन्त्रालय लागि परेको भन्दै मन्त्री राईले बिदशी लगानीको वातावरणमा त्राश फैलाउने काम भएता पनि बिदेशी लगानी कर्ता यस्ता साना तिना बिषय बाट त्रसित नबनी ढुक्कका साथ लगानी गर्न मन्त्रीको आग्रह थियो ।

३ असार २०७३

वि.सं.२०७३ असार ३ शुक्रवार १४:२१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...