back
NMB ad

अब म्यानपावरको अनुमतिपत्र नवीकरण नहुने !

Kumari bank ad

काठमाण्डौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ठगीमा पटक-पटक संलग्न भई आरोप पुष्टि भएका कम्पनीका लागि स्पष्ट नीति र मापदण्ड बनाई उनीहरुको अनुमतिपत्र नवीकरण नगर्न श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।

कामदारबाट बढी रकम असुलेको भनी उजुरी परेर कारबाही भएपछि पनि नसुध्रिएका म्यानपावर कम्पनीहरुको विवरण तयार पारी उनीहरुको अनुमतिपत्र नवीकरण नगर्न समितिको शुक्रबारको बैठकले निर्देशन दिएको समितिका सभापति प्रभु साहले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढी उजुरी महाराजगञ्जमा रहेको आर एण्ड आर जब ट्र्याकर म्यानपावर, गौशालास्थित द रिभर ओभरसिज, बखुन्डोलस्थित प्याराडाइज इन्टरनेसनल प्राइभेट लिमिटेड विरुद्ध परेको भेटिएको छ ।

त्यस्तै ठगीको उजुरी बढी परेका अन्य म्यानपावरमा भेरी कर्णाली इन्टरनेसनल प्राइभेट लिमिटेड, मोन्टेज ओभरसिज, सिग्मा इन्टरनेसनल, क्याराभान इम्प्लोइमेन्ट सर्भिस, युनिभर्सल इन्टरनेसनल, एनसिएफ इम्प्लोइमेन्ट सर्भिस र ट्रस्ट नेपाल ओभरसिज परेका छन् ।

३ असार २०७३, १.००

वि.सं.२०७३ असार ३ शुक्रवार १४:२६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...