back
NMB ad

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता (लगानीयोग्य रकम) अभाव न्यूनिकरण गर्न रिपोमार्फत बजारमा पैसा पठाएको छ ।

राष्ट्र बैंकले करिब २० दिनको अवधिमा रिपोमार्फत बैंकहरूलाई १ खर्ब रुपैयाँ तरलता दिएको छ । राष्ट्र बैंकका अनुसार भदौ १७ गते २० अर्ब, २४ गते ३० अर्ब, ३१ गते २० अर्ब र असोज ७ गते (आज) ३० अर्ब रुपैयाँसहित १ खर्ब रुपैयाँ तरलता रिपोमार्फत बैंकिङ प्रणालिमा पठाएको छ ।

बैंकमा तरलता अभाव भएसँगै बैंकहरुले मुद्दति निक्षेप तथा बचतको ब्याज बढाएका छन् । बैंकहरुले असोजदेखी लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदर दोहोरो अंकमा रहेको छ ।

जसले बैंकमा निक्षेप बढी उठने बैंकर्सहरुको अपेक्षा रहेको छ । तर त्यसले मात्रै नपुग्ने भन्दै राष्ट्र बैंकले रिपो मार्फत प्रणालीमा पैसा पठाइरहेको छ । बैंकमा पैसाका अभाव भयो भने राष्ट्र बैंकले मौद्रिक उपकरण प्रयोग गरेर पैसा पठाउने र प्रणालीमा बढी पैसा भएको खण्डमा पैसा खिच्ने काम गर्दै आएको छ ।

अझै पनि बैंक तथा वित्तीय संस्थामा करिब २ खर्ब तरलताको अभाव देखिएको बैंकर्सहरुको भनाई छ । पछिल्लो समय बैंकमा कर्जाको माग निकै बढेको छ । बैंक मात्रै नभएर विकास बैंकमा पनि कर्जाको माग बढिरहेको छ । तर निक्षेप संकलन न्यून देखिएको छ । पछिल्लो समय बजेट खर्च नहुँदा पनि बैंकमा लगानीयोग्य रकमको अभाव सृजना भएको जानकारहरुको भनाई छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार ११:५३ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...