back
NMB ad

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

Kumari bank ad

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित नयाँ अफर ल्याएको छ । यामाहा कम्पनीले ‘रेस फर दि एस’ अफर सार्वजनिक गरेको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् ।

साथै कम्पनीको मोटरसाइकल तथा स्कुटरको खरिद गर्दा १२ तोलासम्म सुन उपहार जित्न सकिनेछ । ‘रेस फर दि एस’ स्किम अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउने यामाहाले जनाएको छ ।

त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।

यामाहा मोटरसाइकल : कुनको कति मूल्य ?

नेपाली बजारमा यामाहाको न्युनतम २ लाख २४ हजारदेखि ९ लाख रुपैयाँसम्मका विभिन्न ११ मोडेलका बाइक नेपाली बजारमा उपलब्ध छन् । मूल्य मोडेल अनुसार फरकफरक रहेको कम्पनीले जनाएको छ ।

जसमध्ये यामाहाको स्यालुटो बाइकको २ लाख २४ हजार ९ सय रुपैया, एसजेट–आरआरको २ लाख ४६ हजार ९ सय रुपैयाँ, एफजेट भीटुको २ लाख ८९ हजार ९ सय रुपैयाँ मूल्य पर्दछ ।

यस्तै, एफजेटएस भीटुको ३ लाख १४ हजार ९ सय, एफजेटएस भीथ्रीको ३ लाख ३४ हजार ९ सय, एफएजेटइआर–२५ को ४ लाख १४ हजार ९ सय, एमटी–१५ को ४ लाख ४२ हजार ९ सय, एफजेट–२५को ४ लाख ४७ हजार ९ सय, आर१५ भीथ्रीको ४ लाख ८१ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्सटीजेट १५० एफआईको भने ५ लाख ३९ हजार ९ सय रुपैयाँ मूल्य रहेको छ । यामाको सबैभन्दा बढी मूल्य पर्ने आरथ्री बाइक रहेको छ । जसको मूल्य ९ लाख २४ हजार ९ सय रुपैयाँ पदर्छ ।

यामाहा स्कुटर:  कुनको कति मूल्य ?

नेपाली बजारमा यामाहाले विभिन्न ७ मोडेलमा स्कुटर उपलब्ध गराउँदै आएको छ । यामाहाका स्कुटर नेपालमा २ लाखदेखि साढे चार लाख रुपैयाँ बढी मूल्यमा उपलब्ध छन् ।

नेपाली बजारमा उपलब्ध यामाहाको रेजेट ११३ मोडेलको स्कुटरलाई २ लाख ६ हजार ९ सय रुपैयाँ मूल्य पर्दछ । यो यामाहाको सबैभन्दा सस्तो स्कुटर मानिन्छ ।

यामाहा फ्सिनो ११३ को २ लाख १८ हजार ९ सय, रे जेटआर स्ट्रेट रेल्ली ११३ को २ लाख २० हजरा ९ सय, फ्यासिनो १२५ एफआई २ लाख ६६ हजार ९ सय र रेजेटआर १२५ एफआईको २ लाख ६१ हजार ९ सय रुपैयाँ पर्दछ ।

यस्तै, यामाहाको रेजेटआजर स्ट्रेट रेल्ली १२५ एफआईको २ लाख ७२ हजार ९ सय रुपैयाँ र यामाहा एनम्याक्स १५५ मोडेलको स्कुटरलाई ४ लाख ६९ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...