back
NMB ad

४ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । एक वर्षको अवधिमा छापावाला सुनको मूल्य साढे चार हजार रुपैयाँले सस्तिएको हो ।

गत वर्षको असोज ७ गतेदेखि यस वर्षको सोही दिनको तुलनामा छापावला सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले घटेको देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षको असोज ७ गते छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, यस वर्षको सोही दिनसम्म आईपुग्दा भने घटेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, उक्त अवधिमा चाँदीको मूल्य पनि सस्तो भएको छ । एक वर्षको अवधिमा चाँदीको मूल्यमा प्रतितोला ४५ रुपैयाँको गिरावट आएको महासंघले जनाएको छ ।

गत वर्षको असोज ७ गते प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी यस वर्षको सोही दिनसम्म आईपुग्दा भने १ हजार १५५ रुपैयाँमा झरेको हो ।

वि.सं.२०७८ असोज ७ बिहीवार १४:०८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...