back
NMB ad

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

Kumari bank ad

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ । डीएफएसके नेपालको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले गाडी खरिदमा विभिन्न अफर ल्याएको हो ।

डीएफएसके गाडी किन्दा २ लाख ५० हजारसम्म नगद छुट दिएको आधिकारिक बिक्रेता कुजू नेपाल प्रालिले जनाएको छ ।

यसका साथै डीएफएसकेको गाडीसँग एक्सचेञ्जमा ५० हजार बोनस दिने बताइएको छ । डीएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले भने १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन् ।

कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ । ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्सचेञ्ज बोनस, सहज फाइनासिङको अवसर र एक वर्षको वार्षिक सडक दस्तुर छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसको साथै नगद छुटको सट्टा याडियाको इलेक्ट्रिक स्कुटर वा बाइक लिन सक्ने कम्पनीले जनाएको छ । उक्त स्कुटर र बाइकको मूल्य भने २ लाख ५० हजार बराबर हुनेछ ।

डीएफएसके ग्लोरी ५६० को ५८ लाख ५० हजार रुपैयाँदेखि ६४ लाख ५० हजार रुपैयाँसम्म मूल्य पर्दछ । यो गाडी ५ देखि ७ सिटको भेरियन्टमा उलपब्ध रहेको छ ।

यो गाडी १.५ लिटर पेट्रोल टर्वोचार्जड् इन्जिन, ४ सिलिण्डर, १६ भल्भ डीओएचसी र १ हजार ४९८ सीसी क्षमता साथै ६ स्पीड म्यानुअल(सीभीटी) ट्रन्समिसन, ५० लिटर इन्धन क्षमता रहेको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...