back
NMB ad

आयोजना सम्झौताको दस्तावेज सार्वजनिकमा आनकानीले राज्यको सम्पत्ति क्षति भइरहेको छ : अध्यक्ष तिमिल्सिना

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यकाकाम र सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ ।

सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘दीगो विकास लक्ष्यः सूचनामा पहुँचको अवस्था र कार्यदिशा विषयक राष्ट्रिय विचार गोष्ठी बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो।

केन्द्रदेखि तल्लो तहसम्मका सूचना प्राप्त गर्नु संविधानमा व्यवस्था गरिएको नागरिकको मौलिक हक हो भन्ने विषयबै सर्वसाधारण जनता, श्रमिक तथा किसानहरुलाई जानकारी हुनुपर्ने उहाँले बताउनुभयो।

‘जनताले सूचनाको हक र पहुँचका बारेमा बुझ्न सक्ने र प्रश्न सोध्न सक्ने बनाउनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘यसका लागि सबै राजनीतिक दल, तीन तहका सरकार, नागरिक समाज, बुद्धिजीवी लगायतले सचेत रुपमा भूमिका खेल्नुपर्दछ।‘

अध्यक्ष तिमिल्सिनाले सूचनाको हकको प्रयोग सबैभन्दा बढी वडा तहमा कार्यान्वयन भए सर्वसाधारणले सरकारका सेवा सुविधा लिन सक्ने र सरकारहरु पारदर्शी हुने धारणा राख्नुभयो।

‘नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउन, जननिर्वाचित प्रतिनिधिलाई सचेत र जिम्मेवार बनाउन, भ्रष्टचार न्यूनीकरण र अन्त्य गर्न सबै सूचना सार्वजनिक हुन जरुरी छ,’ सो अवसरमा तिमिल्सिनाले भन्नुभयो।

अध्यक्ष तिमिल्सिनाले विकास निर्माणका कामहरुको बारेका सम्पूर्ण सूचनामा सर्वसाधरणको पहुँच हुनुपर्ने बताउनुभयो।

‘अहिले आयोजनाको सामान्य जानकारी दिने बोर्ड राख्ने चलन छ। तर, आयोजनाको सम्झौताको दस्तावेज सार्वजनिक गर्न आनकानी गरिन्छ,’ उहाँले भन्नुभयो,‘आयोजना कार्यान्वयनको गुणस्तरमा प्रभाव पार्ने सामग्रीहरु, मात्रा, प्रभाव पार्ने क्षेत्र बारेमा जानकारी नहुँदा आयोजना पारदर्शी हुँदैनन्, कमसल हुन्छन्, समयमा सम्पन्न हुँदैनन्, उपभोक्ताले प्रभावकारी उपभोग गर्न पाउँदैनन् र राज्यको सम्पत्तिको क्षति हुन्छ।त्यसैले सबै काम सूचना पारदर्शी हुन जरुरी छ।

वि.सं.२०७८ असोज १२ मंगलवार १६:५४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...