back
NMB ad

बुद्ध एयरका पाइलट एजी शेर्पा होल्डमा

Kumari bank ad

काठमाडौं । बुद्ध एयर वरिष्ठ पाइलट एजी शेर्पालाई केही दिनको लागि जहाज उडाउन प्रतिबन्ध लगाइएको छ ।

एयरलाईन्सका सञ्चार प्रमुख दिपेन्द्र कर्णका अनुसार नागरिक उडड्यन प्रधिकरण (क्यान) र एयरले आन्तरिक अनुसन्धान सुरु गरेको र त्यसको लागि भन्दै केही दिनको लागि जहाज उडाउन प्रतिबन्ध लगाएको छ । अनुसन्धान अन्तिम चरणमा पुगेको र प्रतिवेदन आएपछि बाँकी निर्णय हुने उहाँले बताउनुभयो । छानविन पछि त्यो रिपोर्ट क्यानलाई बुझाउने उहाँको भनाई छ । छानविन समितिमा क्यानको तीन जना र एयरलाईन्सको तर्फबाट एक जनाको सहभागीता रहेको छ । ​

सोमबार ल्याण्डिङ गियरमा समस्या आएपछि विराटनगरमा अवतरण हुन नसकेको एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै फर्किएको थियो । काठमाडौंका आकाशमा २ घन्टा घुमेर उक्त जहाजमा विमानस्थलमा सुरक्षित अवतरण भएको थियो ।

जहाजमा यात्रु तथा चालक दलका सदस्यसहित ७१ जना रहेका थिए । काठमाडौंबाट विराटनगरका लागि उडेको विमान अवतरणका क्रममा ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन सकेको थिएन ।

सामान्यतया यस्ता खाले घटना भएपछि पाइलट पनि शारिरीक तथा मानसिक रुपमा थकानमा हुने भएकोले कुलिङ अवधि स्वरुप केही दिनको लागि जहाज चलाउन रोक लगाउने र पूर्ण तया स्वस्थ्य बनेपछि जहाज चलाउने प्रचलन रहन्छ ।

वि.सं.२०७८ असोज १४ बिहीवार १२:२३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...