back
NMB ad

सुमार्गीको ‘सय किसान’ अवधारणाः एईसी र आराभा नेपालबीच सम्झौता

Kumari bank ad

काठमाडौं । उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र (एईसी) ले अघि सारेको ‘सय किसान’ अवधारणा सफल बनाउन आराभा नेपाल मोर्डन एग्रिकल्चरबीच सम्झौता भएको छ ।

सम्झौतामा एईसीका सभापति अरुणराज सुमार्गी र आराभा नेपाल मोर्डन एग्रिकल्चरका अध्यक्ष कृष्णप्रसाद बजगाईँले हस्ताक्षर गर्नुभएको छ । एईसीका सभापति सुमार्गीले मुलुकको कृषी क्षेत्रका लागि ‘गेमचेन्जर’ अवधारणाका रुपमा ‘सय किसान’ कार्यक्रम घोषणा गर्नुभएको थियो ।

उक्त अवधारणालाई ‘कार्यान्वयनमा लैजान एईसी र आराभा नेपालबीच सम्झौता भएको बताइएको छ । सम्झौता अनुसार एईसी र आराभा नेपाल मिलेर अबर मुलुकभरबाट सय जना किसान छनोट गर्नेछन् ।

देशभरका किसानको अवस्था, उनीहरुको व्यवसायिक स्थिती र व्यवसायिक अवस्थालाई सुधार गर्न गर्नुपर्ने पहल समेटेर आधारपत्र तयार पारिने सभापति सुमार्गीले बताउनुभयो । उहाँका अनुसार आधारपत्र तयार भएपछि एक जिल्लाबाट एक किसान नछुट्ने गरी सय जना किसान छनोट गरिनेछ ।

आराभा नेपाल इजरायलबाट फर्किएका नेपालीहरुले सञ्चालन गरेको कम्पनी हो । यसले विगत ५ वर्षदेखि नेपालको कृषी शिक्षा र कृषी पर्यटनका क्षेत्रमा काम गर्दै आएको छ ।

वि.सं.२०७८ असोज १५ शुक्रवार १५:५१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...