back
NMB ad

निक्षेप संकलन गर्न बैंकलाई बलियो हतियार बन्यो ब्याजदर, प्रणालीमा सात दिनमै थपियो ३८ अर्ब

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकले बढाएको ब्याजदरको प्रभाव बैंकको निक्षेप संकलनमा देखिन थालेको छ ।

असोज दोस्रो सातासम्म वाणिज्य बैंकमा कर्जाको माग अपेक्षा भन्दा धेरै बढ्दा निक्षेप संकलन ज्यादै कमी रहेको थियो । बैंकहरुले प्रणालीमा लगानीयोग्य रकमको निकै अभाव हुन थालेपछि निक्षेप तथा बचतको ब्याज बढाएका थिए । जसले गर्दा अहिले बैंकहरुमा निक्षेप संकलन र कर्जाको माग बढेको छ ।

नेपाल बैंकर्स संघका अनुसार असोज १८ सम्ममा वाणिज्य बैंकमा निक्षेप संकलन ३८ अर्ब र कर्जाको माग ३९ अर्ब रुपैयाँले बढेको छ । गत साता बैंकका कर्जाको माग ३१ अर्ब र निक्षेप संकलन जम्मा ८ अर्ब रुपैयाँले बढेको थियो । एक साताको अवधिमा बैंकको कर्जा र निक्षेप दुवै बढेको देखिएको छ ।

संघका अनुसार असोज १५ गतेसम्ममा बैंकमा ४२ खर्ब १८ अर्ब निक्षेप संकलन भएको छ । असोज ८ गतेसम्म निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

यस्तै असोज १५ सम्म आईपुग्दा बैंकहरुमा कर्जाको माग ३९ खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ । यो साता मात्रै ३९ अर्ब रुपैयाँले बढेको छ । गत साता कर्जाको माग बैंकमा ३९ खर्ब ३ अर्ब रुपैयाँ रहेको थियो ।

कोरोना महामारी न्यून भएसँगै बैंकमा कर्जा लिनेको संख्या निकै बढेको छ । कर्जाको माग बढेको र निक्षेप नभएपछि बैंकहरुले निक्षेप संकलनको लागि ब्याजदरलाई हतियार बनाएका थिए । जुन अहिले निक्षेप संकलनको लाग बलियो हतियार साबित भएको छ ।

वि.सं.२०७८ असोज १८ सोमवार १७:३१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...