back
NMB ad

परिसंघमा कृषि विकास परिषद् गठन, उन्नतस्तरको बिउ कृषकहरुलाई उपलब्ध गराउने

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा को–अर्डिनेटिङ उपाध्यक्ष हुनुहुन्छ ।

परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने छ । कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पु¥याउन सहजीकरण गर्नेछ ।

पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नतस्तरको बिउ बिजन कृषकहरुलाई उपलब्ध गराउने योजना परिषदको रहेको छ । परिषदको सदस्यहरूमा पवन कुमार गोल्यान, प्रेम लामा, डा. दिल्ली राम शर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ हुनुहुन्छ ।

वि.सं.२०७८ असोज १८ सोमवार १८:१० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...